Section 6
पर्यवेक्षण गर्न दिन सक्ने
(१) कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संस्थालाई निर्वाचनसँग
सम्बन्धित काम कारबाहीको पर्यवेक्षण गर्नका लागि आयोगले अनुमति दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुमति प्राप्त गरेका व्यक्ति वा संस्थाले आयोगले पर्यवेक्षणका निमित्त तोके बमोजिमको कार्यविधि पूरा गरी पर्यवेक्षण गर्नु पर्नेछ र त्यस्तो कार्यविधि पालना नगरी पर्यवेक्षण गर्ने व्यक्ति वा संस्थाको अनुमति आयोगले रद्द गर्नेछ ।
(३) उपदफा (१) बमोजिम अनुमति प्राप्त गरेका व्यक्ति वा संस्थाले पर्यवेक्षण कार्य समाप्त भएको तीस दिन भित्र त्यसको प्रतिवेदन आयोग समक्ष दिनु पर्नेछ ।
(४) यस दफा बमोजिम पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेका स्वदेशी वा विदेशी व्यक्ति वा संस्थाले पर्यवेक्षण गर्दा आयोगले बनाएको आचारसंहिता पालना गर्नु पर्नेछ ।